IME Life New

सिन्धु विकास बैंकको १३ औं वार्षिक साधारणसभा माघ २७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सिन्धु विकास बैंकले १३ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको सञ्चालक समितिको माघ ५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटेल सारथीमा बिहान ९ बजेदेखि हुनेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

Esewa
Crest

आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले छलफल गरी स्वीकृत गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले माघ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ १५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यस सभामा सहभागी हुन बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS