IME Life New

सिद्धार्थ बैंकद्धारा कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण गरेको छ । बैंकले  विराटनगर स्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको हो ।

बैंकका संचालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका हुन् । कोशी अस्पतालमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा भिम घिमिरे, सुरेश शर्मा, जगदिश प्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायतका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख कमल बस्नेत लगायत अन्य प्रतिनिधिहरु तथा अस्पतालका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको बैंकले जनाएको छ।

Esewa
Crest

अस्पतालका अनुसार उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने विरामीहरुको उपचारका लागि प्रयोग गरिने छ। कार्यक्रममा वोल्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवले हेमो डायलाइसीस मेसीनको उपयोगिता, प्रयोग र आवश्यकता वारेमा चर्चा गरेका थिए । उनले बैंकद्धारा हस्तान्तरण गरीएका डायलाइसीस मेसीनहरुको अधिक्तम उपयोग गरिने सम्बन्धमा प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

बैंकले पु¥याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS