IME Life New

सिद्धार्थ बैंकको सहयोगमा ६ दिने आँखा शल्यक्रिया शिवर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निस्शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।

पौष २२ देखि २५ गतेसम्म श्रीनगर (सर्लाही) र पौष २७ देखि पौष २९ गतेसम्म मलंगवा (सर्लाही) मा संचालन भएको उक्त शिविरमा कूल १,२४१ जनाको आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्ये १ सय ७८ जना मोतियाबिन्दु रोगीहरुको पहिचान गरि आँखा शल्यक्रिया गरिएको थियो ।

Esewa
Crest

उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४ लाख ६७ हजार ५ सय रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमका बीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरेका हुन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS