IME Life New

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी सिद्धार्थ बैंक स्मार्ट एक्सपी नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थ बैंक स्मार्ट एक्सपी मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् । सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो बैंकिङ्ग एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एप्पल एक स्टोर वा युगल बाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सक्नुहनेछ । यस सिद्धार्थ बैंक स्मार्ट एक्सपी मार्फत ग्राहकहरुले पासवर्डरपिन बिर्सिएमा आफैले रिसेट गर्ने, नयाँ चेकबुक अनुरोध गर्न सकिने, बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछरदर्ता गर्न सकिने, बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सकिने जस्ता सेवा लिन पाउने बैंकले जनाएको छ ।

Esewa
Crest

यसका अतिरितm डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्नेछन् । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ आगामी दिनहरुमा यस मोबाईल बैंकिङ्ग सेवामा अरु पनि सुविधाहरु थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्रि र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु जस्तै अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टल मार्फत समेत प्रदान गर्दै आएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित) ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS