IME Life New

सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, केडिया सञ्चालकमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । हिजो शनिबार काठमाडौंमा आह्वान गरिएको साधारणसभा गत चैत्र २८ गतेका लागि आह्वान गरिएकोमा कोरोनाको कारण स्थगित भई हिजो पुनः आह्वान गरिएको थियो ।

साधारणसभाले आगामी चार वर्षको लागि सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सुमित केडियालाई सञ्चालकमा नियुक्त गरेको छ । उनी सिताराम दुधका मालिक हुन् । केडिया अर्गनाईजेशनको शेयर रहेको सिद्धार्थमा सर्वसाधारण शेयरधनीको तर्फबाट समेत केडिया नै सञ्चालकमा चयन भएका हुन् ।

Esewa
Crest

एक मिटरको सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको साधारणसभाले वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन स्वीकृत गरेको जनाएको छ । कम्पनीले यस पटक लाभांश नदिने निर्णय समेत साधारणसभाबाट अनुमोदन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS