IME Life New

सिद्धार्थ इन्स्योरेन्सद्वारा तीन महिना १३ करोड दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले लकडाउन अवधीमा पनि दावी भुक्तानी सक्रिय भएको जनाउँदै पछिल्लो तीन महिनामा १३ करोड भन्दा बढी रुपैयाँको दावी भुक्तानी गरेको जनाएको छ । कम्पनीले आज बिज्ञप्तिमार्फत पछिल्लो दिन महिनामा १३ करोड ११ लाख, ५९ हजार २९५ रुपैयाँ दावी भुक्तानी गरेको उल्लेख गर्दै चालु आवको हालसम्म ७९ करोड रुपैयाँ दावी भुक्तानी दिएको जनाएको छ ।

विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको कारण सृजित असामान्य परिस्थितिले सामाजिक, आर्थिक क्रियाकलापलाई सहज बनाउँदै दावी भुक्तानी विभाग सक्रिय रहेको सोब बीमा कम्पनीले जनाएको छ । यस अवधीमा यति प्लाष्टिक ईण्डष्ट्रीजलाई तीन करोड ६७ लाख ५० हजार रुपैयाँ, ओम प्लाई उड एण्ड फर्निचरलाई एक करोड ५९ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

Esewa
Crest

कम्पनीले सीमित कर्मचारीहरुद्धारा सामाजिक तथा भौतिक दूरी कायम गर्दै कार्यालय सञ्चालन गरि वीमा दावीे फर्छयौट कार्यलाई उच्च प्राथमिकता साथ सम्पन्न गरि दावी रकम भुक्तानी गर्दै आएको कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS