IME Life New

सिटिजन लाइफ छैठौं वर्षमा प्रवेश, स्थापनाको छोटो अवधिमै सम्पुर्ण सूचकमा आकर्षक सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी ५ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । २०६४ असार १२ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई जीवन बीमा व्यवसाय सञ्चालन गर्ने योजना बनाए पनि तत्कालिन अवस्थामा बीमा समितिबाट इजाजतपत्र पत्र प्राप्त गर्न सकेन ।

बीमा समितिले २०७३ चैत १७ गते लाइसेन्सका लागि प्रस्ताव आह्वान गर्दा कम्पनीले निवेदन दियो । समितिले २०७४ भदौ ७ गते सिटिजनलाई बीमकको प्रमाणपत्र प्रदान गरे सँगै २०७४ कार्तिक २ गते अर्थात आजैका दिनदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो ।

Esewa
Crest

कम्पनीले यस अवधिमा जीवन बीमा क्षेत्रमा ठुलो छलाङ मारेको छ । जीवन बीमा व्यवसायको बृद्धिदरमा सिटिजन अग्रणी स्थानमा रहदै आएको छ । व्यवसायिक विस्तार सँगै कम्पनीले केहि पुराना कम्पनीहरुलाई नै उछिन्न सफल भएको छ । व्यवसायमा छलाङ मारिरहेको कम्पनीको पछिल्लो चुनौती हो ‘सिटिजन लाइफ’ को ब्राण्डलाई सुरक्षित राख्ने । बीमा समितिले क्यापिटल प्लान ल्याए सँगै धेरै वटा कम्पनीहरुले मर्जरका क्रममा आफ्नो अस्तित्व गुमाउदै छन् । तर सिटिजन लाइफ अहिले अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेको छ । कम्पनीले मर्जरमा नगइ बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउने योजना बनाएको छ ।

मर्जरमा नगइ ५ अर्ब जुटाउदै

सिटिजन लाइफले एक अर्ब ७५ करोडको चुक्ता पूँजीमा ५० प्रतिशत थप गरि २ अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ । यसै पूँजीका आधारमा सर्वसाधारणका लागि बिक्री गर्नु पर्ने ३० प्रतिशत आइपिओ निष्काशन पछि चुक्ता पूँजी ३ अर्ब ७५ करोड पुग्नेछ ।

यस पछि पनि कम्पनीलाई ५ अर्ब पुर्याउन एक अर्ब २५ करोड रुपैयाँ आवस्यक पर्नेछ । कम्पनीको जगेडा कोषमा ८७ करोड रुपैयाँ छ । यसबाट पनि कम्पनीले पुर्ण रुपमा बोनस शेयर वितरण गर्न पाउने छैन । मानौ कम्पनीले ५० करोड रुपैयाँ मात्रै बोनस शेयर दियो भने पनि चार अर्ब २५ करोड पुग्नेछ । यसरी नपुग केहि पूँजी हकप्रद शेयर निष्काशन गरेर पुर्याउने कम्पनीको योजना छ । त्यसैले गर्दा कम्पनीले अहिलेसम्म अन्य कम्पनी सँग मर्जरमा जाने तयारी गरेको छैन ।

बीमा समितिले यहि चैत मसान्त भित्र ५ अर्ब पुर्याउनै पर्ने व्यवस्था गरेकाले कम्पनीलाई केहि समस्या पर्ने देखिन्छ । यस अवधिमा समितिले कम्पनीलाई फोर्स मर्जरमा जान निर्देशन पनि दिन सक्नेछ । तर कम्पनीले जसरी पनि आफैले तोकिएको पूँजी जुटाउने लक्ष्य लिएको छ ।

व्यवसायमा आक्रामक

भदौ महिनाको जीवन बीमा व्यवसायलाई नै आधार मान्ने हो भने कुल बीमा शुल्क आर्जन र नविकरण बीमा शुल्क आर्जन तर्फ सिटिजन लाइफ सातौ स्थानमा छ । भदौ महिनासम्म अर्थात चालु आर्थिक वर्षको दुई महिनामा भने छैठौ नम्बरमा छ ।

सिटिजन जीवन बीमा व्यवसाय विस्तारमा सबैभन्दा बढि आक्रामक देखिन्छ । यसमा सबैभन्दा ठुलो योगदान ३५ हजार भन्दा ठुलो नेटवर्क रहेको अभिकर्ताको छ । कम्पनीले देशव्यापी रुपमा १४७ वटा शाखा कार्यालय मार्फत जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले लघु बीमा सहित ५ लाख ९० हजार पोलिसी जारी गरिसकेको छ । ९ वटा जीवन बीमा योजना कार्यान्वयनमा छ । कम्पनीले समय सुहाउदो बीमा पोलिसी बनाउदै आएको छ । भविष्यमा पनि नयाँ नयाँ बीमा पोलिसी ल्याएर बीमितलाई आकर्षित गर्ने योजना बनाएको छ ।

जीवन बीमा व्यवसाय शुभारम्भ गरेको ५ वर्षको अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब ८१ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले १२ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । कम्पनीले अर्बौ रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमितले प्राप्त गर्ने बोनसदर न्युनतम प्रतिहजार २५ रुपैयाँदेखि ७३ रुपैयाँ रहेको छ । सिटिजन लाइफ लघु बीमामा पनि अग्रणी छ ।

वार्षिकोत्सवको अवधिमा विभिन्न कार्यक्रम

कम्पनीले ५ औ वार्षिकोत्सवको अवधिमा विभिन्न कार्यक्रम गरिरहेको छ । सप्ताहव्यापी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिएको छ । सोहि क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहायतथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरिरहेको छ । कम्पनीले असोज ३१ गतेदेखी कार्तिक ६ गतेसम्म सप्ताहव्यापी रुपमा कार्यक्रम गरिरहेको छ ।

जन समुदायमा जीवन बीमाप्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक-याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने गरिरहेको छ ।

यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखेको छ । विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्य सिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ । रुपन्देहीको तिलोत्तमा १३ करौजियामा रहेको विश्व शान्ति महाज्ञान बौद्ध गुम्बा र दुर्गा मन्दिरमा कम्पनीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS