IME Life New

सिटिजन लाइफ इन्सोरेन्सले सार्वजनिक गर्याे नयाँ बीमा योजना-‘सिटिजन जीवन सारथी’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं चैत्र । ‘वाचुन्जेलको साथी, अब एउटैै बीमा काफी’ भन्ने नाराका साथ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सिटिजन जीवन सारथी बीमा’ नामक एक आकर्षक बीमा योजना सार्वजनिक गरेको छ ।

बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएको हाईब्रिड किसिमको यस योजनाको कान्तिपथ स्थित मुख्य कार्यलयमा एक बिशेष कार्यक्रमार्फत सार्वजनिक गरिएको हो ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र प्रमुख बजार व्यवस्थापन अधिकृत कवी फुयालले संयुक्त रुपमा योजना सार्वजनिक गरेका थिए । प्राय जीवन बीमा कम्पनीहरुमा मुत्यु लाभको सुविधा सम्बन्धि योजनाहरु सञ्चालनमा रहेकोमा बीमा बजारमा सोभन्दा नवीन तथा आकर्षक बीमा योजनाहरु ल्याइरहेको उक्त इन्स्योरेन्सले प्रस्तुत गरेको याे योजनमा बीमितको आफ्नै जीवनकालमा दुई गुणा बीमाङ्क तथा बोनस समेत भुक्तानी भै बीमितले बीमा रकमको अधिक उपयोग गर्ने गरी ल्याइएकाे जनाइएकाे छ ।

नेपालमै पहिलो पटक जीवन लाभको आकर्षक सुविधा प्रदान गरेको कम्पनीको भनाइ छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले-कम्पनीले सार्वजनिक गरेको यस योजनले ग्राहकको आर्थिक सुरक्षा र जीवनको सुनिश्चित भविष्यलाई विशेष ध्यानमा राखि जिबन बीमाको सबै सुविधा आफ्नै जिबन कालमा पाउने गरी नया तरिकाले नया योजना बजारमा ल्याएको जानकारी दिएका थिए।

कम्पनीको हाल अधिकृत पुंजी ३ अर्ब र जारी पुंजी २.५० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १.७५ अर्ब चुक्ता पुंजी रहेको छ भने निकट भविष्यमा ७५ करोडको सर्व साधारणको लागि शेयर जारी गरि चुक्ता पुंजी २.५० अर्ब पुर्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS