IME Life New

सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ सकियो, ५५ बढी लिडर्सलाई तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रत्येक वर्ष हुने तीनदिने कार्यक्रम ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम भदौ १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो। ‘सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा’ भन्ने नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रम भव्यताका साथ सम्पन्नभएको छ।

Esewa
Crest

सिटिजन लाइफले हरेक वर्ष कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजरसहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्र्य गरेका आधारमा केही एजेन्सी म्यानेजरहरुलाई यस कार्यक्रममा सहभागी गराउँदै आएको छ। छनौट भएका सिनियर एजेन्सी मेनेजरहरुको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा उच्च अनुभवी प्रशिक्षकबाट विभिन्न विषयमा तालिम दिएर हरेक ढंगबाट सक्षम बनाउने यस कार्यक्रमको उद्देश्य रहेको छ।

यस्तो किसिमको कार्यक्रमले लिडर्सहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढंगले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ।

सिटिजन लिडर्सहरुलाई नियमित कार्यशैलीभन्दा नयाँ र फरक ढंगले व्यवसाय गर्दा उपलब्धि राम्रो हुने र व्यावसायिक सफलता हासिल गर्न सजिलो हुने विगतको अनुभवले देखाएको छ। यसै क्रमलाई कम्पनीले मध्यनजर गर्दै उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सलाई तालिम प्रदान गरिएको छ।

यसै कार्यक्रममा कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम पनि सञ्चालन गरेको छ। उक्त तालिममा गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाका माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरु के–के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको छ।

कार्यक्रममा एजेन्सी म्यानेजरहरुका साथै कम्पनीको व्यवस्थापन टिमका लगायत प्रमुख व्यवसाय अधिकृतहरुको समेत उपस्थिति थियो। प्रचलित कानुन, नीति, नियम एवं नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शनअनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फलदायी भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS