IME Life New

सिटिजन लाइफको बीमा कोष १८% ले बढेर १२ अर्ब माथि, कम्पनी आधारभूत रुपमा बलियो हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

३ अर्ब ७५ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १२ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २.७३ प्रतिशतले वृद्धि भएको हो ।

Esewa
Crest

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम सिर्षकमा १ अर्ब ५५ करोड रुपैयाँ संचित गरेको  छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १४ करोड ९६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचित जगेडा कोषमा ६८ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा  १० अर्ब २० करोड रहेको थियो भने गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १८.३० प्रतिशतले वृद्धि भएर १२ अर्ब ७ करोड पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २.७० प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १६ करोड ४७ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा २ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.२३ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले २७ करोड ५५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड २७ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.६० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८१.१३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS