IME Life New

सिटिजन लाइफको जीवन बीमा कोष ५३ % ले वृद्धि हुँदा कति भयो नाफा ? (रिपोर्ट सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले ४ अर्ब १ करोड माथि बीमा कुल शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ७९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा कुल बीमा शुल्क आर्जन करीब ६ प्रतिशतले वृद्धि भएको छ ।

तेश्रो त्रैमाससम्म कम्पनीले १५ करोड १ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्ष यो नाफा १४ करोड ६३ लाख थियो ।

Esewa
Crest

२ अर्ब ६२ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १ अर्ब २८ करोड रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम ५४ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष ५३ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ४७ करोड पुगेको छ।  एक वर्ष अघि जीवन बीमा कोषमा ५ अर्ब ५३ करोड थियो ।

दावी भुक्तानीमा पनि कम्पनी आक्रामक देखिएको छ। कुल दावी भुक्तानी ५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३३ करोड पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS