IME Life New

सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एउटा संस्थाको वृद्धि–विकासका लागि त्यस संस्थाका कर्मचारीले मुख्य भूमिका खेल्दछन् र संस्थाको विकाससँगै कर्मचारीहरुको पनि बाराबर प्रगति हुनुपर्दछ भन्ने सोच राख्दै आएको सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीका लागि विभिन्न सीप विकास कक्षा नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरुबाट विशेष प्रशिक्षण कक्षाहरु प्रदान गर्दै आएको छ।

Esewa
Crest

यसै सन्दर्भमा ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा सिटिजन लाइफले प्रधान कार्यालयका कर्मचारीका लागि व्यक्तित्व विकास कार्यक्रमको आयोजना गरेको थियो। यस कार्यक्रमको मुख्य प्रशिक्षकका रुपमा पूर्वमिस नेपाल सुगारिका केसीको उपस्थिति थियो। तालिम कार्यक्रममा ६० भन्दा बढी कम्पनीका कर्मचारीले प्रशिक्षण प्राप्त गर्न सफल भएका छन्।

कार्यक्रममा मुख्यगरी समय व्यवस्थापन, नेतृत्व, सञ्चार, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, क्षमता वृद्धिलगायत अन्य व्यक्तित्व विकासका लागि महत्वपूर्ण विषयहरुमा तालिम प्रदान गरिएको थियो।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बीसीले उपस्थित कर्मचारीलाई प्रेरणागत रुपमा आगाडि बढ्नका लागि राणनीतिहरु सिकाएका थिए। कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सबै सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै आउँदो दिनमा यस तालिममा सिकेका कुराहरुले अझै मद्दत पुग्ने आशाका साथ कार्यक्रमको सफलतापूवर्क समापन भएको घोषणाका साथै बधाइ र शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS