IME Life New

सिटिजन्स बैंकले ल्यायो मोबाइल एपबाट नै खाता खोल्ने सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले मोबाइल एपबाट नै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । जस अनुसार ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजनाहरू, अवधि र इच्छित रकम चयन गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा १० हजार अधिकतम रकम ५० लाखमा सेट गरिएको छ । त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दती निक्षेप अनुरोध सुविधा पनि ल्याईएको छं जसमा मुद्दती निक्षेप खाता भएका ग्राहकहरूले मुद्दती निक्षेप रकमको ९०५ सम्म मुद्दती निक्षेप खातामा ऋणको लागि अनुरोध गर्न सक्नेछन् ।

Esewa
Crest

यसबाहेक, शाखामा आउने ग्राहकहरूको अमूल्य समयलाई कम गर्न यस बैंकको कर्पोरेट कार्यालयमा रहेको पष्यकप सेल्फ९सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याईएको बैंकले जनाएको छ।

साथै सिटिजन्स बैंकले सिटिजन्स स्मार्ट एप मार्फत बैंकका सबै शाखाबाट डिजिटल काउन्टर क्यूआर कोड स्क्यान मार्फत नगद झिक्ने, बैंकका सबै एटिएमबाट कार्डलेस सर्भिस, ई–नगद र इ–भाउचर जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको बैंकले उल्लेख गरेको छ । त्यस्तै, डेबिट कार्ड रिक्वेस्ट, ब्लक, रिफ्रेस पिन, रि९पिन, मेरोशेयर रिक्वेस्ट र क्यूआर मर्चेन्ट रिक्वेस्ट जस्ता ग्राहक सेवासँग सम्बन्धित सेवाहरू पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।

हालसम्म बैंकले आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS