IME Life New

सिटिजन्स बैंकले जर्मनीबाट ४० लाख युरो पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि जर्मनीबाट ४० लाख युरो पाउने भएको छ । यसका लागि जर्मनस्थित केएफडब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकसँग सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार बैंकले ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरलएण्ड सेमी अर्बन एरियाज एमएसएमई फाइनान्स फेज’ अन्तर्गत ३५ लाख युरो पुनरकर्जा र ५ लाख यूरो बराबरको प्रावधिक सहयोग पाउने भएको हो । जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकले यस प्रोजेक्टका लागि नेपालमा संचालित बैंक तथा वित्तीय संस्थामध्येबाट सिटिजन्स बैंकलाई चयन गरेको हो ।

Esewa
Crest

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्तर्गत के।एफ।डब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा संचालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ ।

बैंकले उक्तशिर्षक अन्तर्गत हालसम्म २१ हजार ५२६ व्यवसायलाई २५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यसमध्ये दुई हजार ८८२ महिला व्यवसायीलाई सहुलियत व्याजदरमा २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । बैंकले सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत सामूहिक जमानीको आधारमा हालसम्म ५ हजार ४९२ मध्यम तथा विपन्नवर्गलाई व्यवसाय गर्न ७६ करोड कर्जा प्रवाह गरिसकेको छ ।

हालसम्म बैंकले हाल १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS