IME Life New

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले १ लाख ३४ हजार ७९४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले ३ लाख ३८ हजार ९६० दशमलव ३६ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यस अघि पुस २७ गते ३५ दिने सुचना जारी गरेको थियो । यस अवधिमा वितरण हुन नसकेको बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यस शेयरको न्यूनतम मूल्य १६० रुपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS