IME Life New

सिटिजन्स बैंकको प्रस्तावित लाभांश आज पारित हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले कार्तिक ४ गते साधारणसभा गर्ने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले बैंकको सोह्रौं वार्षिक साधारणसभाको मिति तय गरेको हो । सभा बिहान ११ः०० बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा हुनेछ ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७८/४/१ देखि २०७९/३/३२ सम्मको नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, समितिबाट प्रस्ताव गरे अनुसार ९ प्रतिशतका दरले हुन आउने १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने विषयहरु साधारण सभाका प्रस्तावहरु रहने बैंकले जनाएको छ।

सिटिजन्स बैंक १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS