IME Life New

सिटिजन्स बैंकका ग्राहकले दराज क्यामूमा सामान किन्दा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले दराज क्यामू प्रालिमा सामान किन्दा विशेष छुट पाउने भएको छन् । छुट सम्बन्धी सम्झौतापश्चात सिटिजन्स बैंकका कार्डवाहकले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा ५ सयसम्म छुट पाउन सक्नेछन्।

यसका साथै सिटिजन्स बैंकबाट आउँदो अगस्ट १ तारिखपश्चात नयाँ कार्ड प्राप्त गर्ने ग्राहकले दराजमा प्रथमपटक कारोबार गर्दासमेत थप  १५० सम्मको भौचर प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

दराज क्यामुको रोटरी कम्पलेक्स थापाथलीस्थित कार्यालयमा आयोजित कार्यक्रममा बैंकका मास बैंकिङ अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गरे ।

सोही अवसरमा दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालले दराज समग्र ई–कमर्स क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडि बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्धन गर्दै जाने बताए ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

हालसम्म बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS