IME Life New

सिटिजन्स बैंकका ग्राहकले थप ४ संघ संस्थाको सेवामा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकहरुले आदर्सनगर, विरगन्ज अवस्थित औरा इलेभेनका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन्। यसैगरी कन्चनरुप, सप्तरीमा अवस्थित एम डी हेल्थ केयर हस्पिटलका सेवाहरुमा अधिकतम १० प्रतिशत सम्म छुट पाउने छन्। त्यसैगरी बोदेबर्साइन, सप्तरीमा अवस्थित बोदेबर्साइन लाइफ केयर पोली क्लिनिकका सेवाहरुमा अधिकतम १७ प्रतिशत सम्म छुट पाउने छन् भने कावाशोती, नवलपुर अवस्थित कालिगन्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरुमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ।

Esewa
Crest

बैंकले १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS