IME Life New

सिजी मोटर्स ‘हिरो’ले ल्यायो ‘एक्कासि मालामाल दसैँ-तिहार अफर’, दुईचक्के किन्दा चारचक्के उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ–तिहार अफर ल्याएको छ।

कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो। हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५लाख रुपैयाँसम्मको स्योरसट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटाभीईभी कार’ जित्ने अफर पनि ल्याएको छ। कम्पनीले ‘ दसैँ–तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ।

Esewa
Crest

सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५लाख रुपैयाँसम्मको स्योरसट नगद छुट पाइनेछ। मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरोले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ। सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समय अघिमात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको थियो।

यसका साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटनसमेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटर अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन्।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डमध्येको एक हिरोले नयाँ बेन्चमार्कहरुसमेत कायम गर्दै आएको छ। सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ। साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। बढ्दो ग्राहकको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रुपमा विस्तार गरिरहेको छ।

त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा५वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ। लोकप्रिय उत्पादन सुपर स्प्लेन्डर, स्पलेन्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम ११० स्कुटर बीएससिक्स एसआई सिजी मोटर्सले नेपालमा भित्र्याएको छ। साथै, सो उत्पादनमा युनिक फिचरसमेत रहेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS