IME Life New

सिंकोसले आइपीओ विक्री गर्ने, संस्थागत परामर्शदातामा एनआईबिएल एस क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस क्यापिटल र सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेड बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपीओ सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा सिंकोस हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुर्यप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेडले नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्य सहित सिंकोस खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । यस आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ। यस कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने तयारीका कार्यहरु गरी रहेको छ।

Esewa
Crest

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले सिंकोस हाइड्रोपावर कम्पनीलाई सर्वसाधारण शेयर निष्काशन पूर्व र निष्काशनको अवधिमा संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना (Business Plan : Bankable Documents of the Project) बनाउन, पूँजी संकलन गर्न (Equity Raising),, ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्न (Debt Raising & Loan Syndications )  र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श सेवा प्रदान गर्नेछ।

पहिलो चरणमा कम्पनीले गर्नुपर्ने पूर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

क्यापिटलले संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने  तथा ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्ने  र अन्य व्यवसायिक जटिलताहरुमा परामर्श प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS