IME Life New

साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँ पाउँदा कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७८/२०७९ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको असोज २३ गतेको पत्र मार्फत स्वीकृत भई २०७८ अषाढ मसान्तसम्ममा जारी भएका कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ २० रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।

सावधिक (सम्बृद्ध) जीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

Esewa
Crest

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ८ हजार १ सय ९३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक तथा आजीवन बीमालेख (अमुल्य)
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा लागि ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७० रुपैयाँ बोनसदर तोकेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ३ सय ४४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक समृद्ध बीमा बीमालेख(एकल भुक्तानी)
अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा कम्पनीले ९ वर्ष अवधिको लागि ३३ रुपैयाँ १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्षसम्म भएको बीमालेख बढी विक्री गेको छ । यस बीमालेख कम्पनीले ९८८ वटा विक्री गरेको छ । यस अवधिमा बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक(बैभव)
यस बीमा योजना कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपै बोनसदर तोकेको कम्पनीले जनाएको छ । यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्षसम्म भएको बीमालेख बढी विक्री गेको छ । यस बीमालेख कम्पनीले ५५८ वटा विक्री गरेको छ । यस अवधिमा बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

सावधिक(श्री बृद्धि) प्रत्येक वर्ष ५ प्रतिशत बीमाङक बृद्धि हुने
यस बीमालेखको हकमा कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक बालबालिका जीवन किरण योजना
यस जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले यस जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।
कम्पनीले १५ देखि १९ वर्ष अवधिको ११ हजार ३ सय ९३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी बालबालिका सावधिक( जीवन उन्नती)
यस जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले यस जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले २० देखि २४ वर्ष अवधिको ८९ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

एकल अग्रिम भुक्तानी बालबालिका सावधिक जीवन उन्नती योजना
यस जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीले यस जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले २० देखि २४ वर्ष अवधिको ३० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक (समुन्नती)
कम्पनीले यस जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि २० रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २२ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि २४ रुपैयाँ बोनसदर कायम गरेको छ ।
कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३ हजार ६ सय ३द्द वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS