IME Life New

साविक प्रभु लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम रु. ७० दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९।८०का लागि नयाँ बोनस दर घोषणा गरिएको छ। आव २०७९।८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट असार २३ गते स्वीकृत भएको हुँदा २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा आव २०७९।८० का लागि नयाँ बोनस दर कायम गरिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज सूचना जारी जानकारी गराएको हो। कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ।

सावधिक जीवन बीमालेख

Esewa
Crest

कम्पनीले यो बीमालेखमा ० देखि ९ वर्षको अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ र २५ वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको २४ हजार १८८ वटा यो बीमालेख बिक्री गरेको छ।

सावधिक तथा आजीवन जीवन बीमालेख

कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका ५१ र २५ वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको १ हजार ४८२ वटा यो बीमालेख बिक्री गरेको छ।

अग्रिम भुक्तानी सावधिकजीवन बीमालेख

यो बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनस दर तोकेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको ८१४ वटा यो बीमालेख बिक्री गरेको छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा (समुन्नति एनुअल)

कम्पनीले यो बीमालेखमा ० देखि ९ वर्ष अवधिका लागि २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि २४ रुपैयाँ बोनस दर निर्धारण गरेको छ। कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको ३ हजार २२० वटा यो बीमालेख बेचेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS