IME Life New

साविक ज्योति लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउँदा कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७८/२०७९ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको २०७९ माघ २३ गतेको पत्र मार्फत स्वीकृत भए अनुसार साविक ज्योति लाइफबाट जारी भएका कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम २० रुपैयाँ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो । अब बीमा प्राधिकरणबाट अर्को बीमाङकीय मुल्याङकन स्वीकृति नभएसम्मका लागि यस बोनसदर लागु हुनेछ ।

सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

Esewa
Crest

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३६ हजार ४ सय १४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावधिक तथा आजीवन बीमालेख
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनसदर तोकेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५ हजार ८ सय ३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन्

अग्रिम भुक्तानी बीमालेख
अग्रिम भुक्तानी बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै २० देखि २४ वर्षअवधिको ३ हजार ६ सय ९८ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी
वार्षिक अग्रिम भुक्तानी बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि २० रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

यस बीमालेखमा कम्पनीले २० देखि २४ वर्ष अवधिको १७ सय ७० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

हाल सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई सूर्याज्योतिको नामबाट एकिकृत कारोबार समेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS