IME Life New

सामुदायिक लघुवित्तको नाफामा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गिरावट आएको छ ।

समिक्षा अवधिमा लघुवित्तले ४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लुवित्तको नाफा ९८ दशमलव ६७ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Esewa
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २० दशमलव ०३ प्रतिशत घटेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी २२ दशमलव ८९ प्रतिशत घटेको छ । कम्पनीको सञ्चालन मुनाफा २ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ५ दशमलव ०६ प्रतिशतबाट बढेर ९ दशमलव ०५ प्रतिशत पुगेको छ। यस अवधिसम्ममा लघुवित्तले ४९ करोड ७५ लाख सापटी लिएको छ । लघुवित्तले ५५ करोड ९३ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब २१ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

१४ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५८ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS