IME Life New

सामाजिक उत्तरदायित्व कार्यक्रम गरी मनायो ग्लोबल आइएमई लघुवित्तले ११औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ११औं वार्षिकोत्सव मनाएको छ । बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११औं वार्षिकोत्सव मनाएको हो ।

२०७० जेठ ५ गते स्थापना भएको संस्थाले आज ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न जिल्लामा रहेका शाखा मार्फत मानव सेवा आश्रम,अनाथालय,बृद्धाश्रम,साहारा घर लगायतका संस्थाहरुमा खाद्यान्न, कपडा तथा सहयोग साम्रगी वितरण गरेको हो ।

Esewa
Crest

विपन्न वर्गसँग ११ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दी लगायत विनासकारी घटना तथा परिघटनाहरूको बाबजुद पनि यस वित्तीय संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै सामाजाकि उत्तरदायित्व र ग्राहक संरक्षणका विबिध कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।

वित्तीय संस्थाको ५४ जिल्लामा १२० वटा शाखा र १,४९,००० भन्दा बढी सदस्यहरुलाई लघुवित्तमा आबद्ध गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS