IME Life New

सानिमा लाईफ इन्स्योरेन्स र गैर आवासीय नेपाली संघबीच सम्झौता, प्रविधियुक्त जीवन बीमामा जोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघ (एनआरन) वीच गैर आवासीय नेपाली संघका विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी तथा गैर आवासीय नेपाली संघका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले सोमबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Esewa
Crest

कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा तथा गैर आवासीय नेपाली संघका बिभिन्न देशका प्रतिनिधि/पदाधिकारी हरुको उपस्थीति रहेको थियो ।

जीवन बीमा सेवाबाट वञ्चित रहेका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले गरिएको यो सम्झौताबाट विदेशमा रहने नेपालीहरुलाई नेपालसगको सम्बन्ध अझै सुमधुरहुने बिश्वाश कम्पनीले लिएको छ।

सानिमा लाईफ इन्स्योरेन्स सानिमा बैक तथा राष्ट्रिय/अन्तराष्ट्रियस्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैर आवसिय नेपालीहरुको समुहले कम्पनीको प्रवद्र्धन गरिएको जिबन बिमा कम्पनी हो ।

कम्पनीको अधिकृत पूँजी ३ अर्व र जारी पूँजी रु २ अर्व रहेको छ । जारी पुजी मध्ये रु १ अर्व ४० करोड चुक्ता भैसकेको छ । कम्पनीले निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा सेयर विक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS