IME Life New

सानिमा लाईफको वृद्धिदर उच्च, बीमा संस्थान सबैभन्दा कमजोर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: गत आर्थिक वर्षमा सानिमा लाईफ इन्स्योरेन्सको वृद्धि दर सबैभन्दा उच्च रह्यो । राज्यको स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान बाहेक सबै जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ मा दोहोरो अंकको वृद्धि दर हासिल गरेका छन्।
नियामक निकाय बीमा समितिका अनुसार सानिमा लाइफ इन्स्योरेन्सले कुल बीमाशुल्क आय  को हिसाबले उच्च वृद्धि हासिल गरेको छ। यसको टीपीआई रकम रु. १.९७ अर्ब  छ। जबकी अघिल्लो वर्ष यो रु. ८२ करोड मात्र रहेको थियो।
गत आर्थिक वर्षमा सन नेपाल लाईफ इन्स्योरेन्सले १०० प्रतिशत वृद्धि हासिल गरेको छ। गत आवमा यसको कूल बीमाशुल्क आर्जन रु.२.२२ अर्ब छ।त्यसैगरी आईएमई लाइफ इन्स्योरेन्सले ९९.२९ प्रतिशत व्यापार वृद्धिको आधारमा तेस्रो स्थानमा पाएको छ। यसको कूल बीमाशुल्क आम्दानी रु. २.७९अर्ब छ।
कूल बीमाशुल्कमा ८६.८८ प्रतिशत वृद्धिको साथ, रिलायबल इन्स्योरेन्स  चौथो उच्च वृद्धि दर हासिल गर्न सफल भएको छ। यसको कूल बीमाशुल्क रु २.९९ छ। यसैगरी, रिलायन्स लाइफ इन्स्योरेन्स र सिटिजन लाईफ इन्स्योरेन्सले  क्रमशः ८३.५७ र ८३.१० प्रतिशतको  वृद्धि दर सहित क्रमशः पाँचौं र छैठौं स्थानमा छन्। रिलायन्स लाइफको टीपीआई २.५७ अर्ब र सिटिजन लाईफको रु.३.५९ अर्ब छ।
त्यस्तै गुराँश लाईफ इन्स्योरेन्सले ६८.०४ प्रतिशत वृद्धि गरी ३.६८ अर्ब रुपैयाँ संकलन गरेको छ।  ज्योति लाइफले ६४.०२ प्रतिशत बढाएर रु.३.१०  अर्ब रुपैयाँ हासिल गरेको छ।
बीमा समितिले प्रकाशन गरेको  तथ्याङ्कका अनुसार युनियन लाइफले ४१.०४ प्रतिशत बढाएर  रु.६.७७ अर्ब कूल बीमाशुल्क आर्जन गरेको छ।  सूर्य लाइफको कूल बीमाशुल्क आम्दानी  रु.४.२६अर्ब  पुगेको छ। यसको वृद्धि दर ३३.१३ प्रतिशत रहेको छ।
औसत वृद्धि दर भन्दा तल रहेका कम्पनीहरु:
जीवम बीमा कम्पनीहरुको औसत वृद्धि दर २७.१२ प्रतिशत रहेको छ । १९ जीवन बीमा कम्पनीहरुमध्ये १२ वटा जीवन बीमा कम्पनीले उद्योग औसतभन्दा माथि वृद्धि दर हासिल गर्न सकेका छन् । जबकि बाँकी ७ वटा जीवन बीमाकले औसतभन्दा मुनि वृद्धि दर हासिल गरेका छन्।
नेपाल लाईफ, एलआईसी नेपाल, मेट लाईफ, प्राइम लाईफ, प्रभु लाईफ, महालक्ष्मी लाईफ र राष्ट्रिय बीमा संस्थान औसतभन्दा कम वृद्धिदर  भएका कम्पनीहरु हुन्।
राज्यको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको सबैभन्दा कम वृद्धि‌ ५.११ प्रतिशत रहेको छ भने कूल बीमाशुल्क आर्जन रु. ७.४१ अर्ब छ। एलआईसी नेपालले ११.९५ प्रतिशत वृद्धि गरेको छ। नेपाल लाइफले १५.६७ प्रतिशत वृद्धि गरेर रु. ३२.८४ अर्ब पुर्याएको छ। नेपाल लाइफले २७.१५ प्रतिशत ‌हिस्सा सहित बजारको नेतृत्व गरिरहेको छ। मेट लाइफ इन्स्योरेन्सले २०.९६ प्रतिशतको वृद्धि हासिल गरेर कूल बीमाशुल्क रु.५.०२ रुपैयाँ पुर्याएको छ।
त्यस्तै, प्राइम लाइफको रु. २१.७५  हुँदा वृद्धि दर २१.७५  प्रतिशत छ। महालक्ष्मी लाइफको वृद्धि दर गत आर्थिक वर्षको तुलनामा गिरावट आएको छ। यसको वृद्धि दर २१.८४ मा सीमित छ। कूल बीमाशुल्क आर्जन रु.१.०६ अर्ब छ। प्रभु लाईफको रु .१.४५ अर्ब  कूल बीमाशुक आर्जन हुँदा वृद्धि दर २२.८८ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS