काठमाडौं । हिजो भारी अंकले बढेर बन्द भएको बजार आज भने दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २१ दशमलव १९ अंकले घटेर २,६१२ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५० कम्पनीको १ करोड ५१ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ५ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । माउन्ट एभरेष्टका लगानकिर्ताले ४ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ७३ प्रतिशतका दरले गुमाउका हुन् ।












