काठमाडौं । आज नेप्से परिसूचक २१ दशमलव १९ अंकले घटेर २,६१२ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले ५ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । माउन्ट एभरेष्टका लगानकिर्ताले ४ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् ।













