काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २१.१९ अंकले घटेर २६१२.४२ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.०४ प्रतिशतले घटेको छ।
आज बजारमा ४२ कम्पनीको शेयरभाउ बढ्दा २२५ वटाको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमाल दोलखा हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













