काठमाडौं । आर्थिक वर्ष २०८३।८४ को अहिले दोस्रो महिना अर्थात भदौ महिना आजबाट सकिँदैछ। सामान्यतः आर्थिक वर्ष सुरु हुनुअगावै वर्षभरका लागि गरिने कार्य र प्राथमिकताको सूची समावेश तयार पारेर सार्वजनिक गर्नुपर्नेमा नेपाल बीमा प्राधिकरणले अझैसम्म पनि चालु आर्थिक वर्षका लागि लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छैन।
प्राधिकरणले गत आर्थिक वर्षमा पहिलोपटक वार्षिक ‘बीमा नीति तथा कार्यक्रम’ सार्वजनिक गरेको थियो । वार्षिक नीति तथा कार्यक्रममा समेटिएका थुप्रै उपलब्धि प्राधिकरणले हासिल गर्न सकेको छैन।
यो दस्तावेजले प्राधिकरणको नीतिअनुरुप बीमकलाई आफ्ना कार्यक्रम तथा प्राथमिकता निर्धारण गर्न मार्गदर्शन गरेको थियो। नीति तथा कार्यक्रमले बीमकलाई मात्र नभएर बीमा क्षेत्रका लागि नै नियामकको मुड के हो र प्राथमिकता के–के हुनेछन् भन्ने स्पष्ट चित्र प्रस्तुत गर्छ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणले साउन महिनामै नीति तथा कार्यक्रम ल्याइसकेको दाबी गरे। उनले भने, ‘वेबसाइटतिर नराखेको हुन सक्छ तर नीति तथा कार्यक्रम जारी भइसकेको छ।’












