IME Life New

सानिमा लाइफ र नाडेप लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नाडेप लघुवित्तको वार्षिक साधारण सभा आज हुँदैछ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज गर्ने भएको छ । कम्पनीको सभा प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जनाएको छ । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी सानिमा लाइफले पनि सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

Esewa
Crest

त्यस्तै, संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव सभामा पेश हुनेछ । कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेका छन्।

त्यसैगरी, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ७ गते स्थगित गरेको छैठौ वार्षिक साधारण सभा आज जेठ २३ गतेको लागि तय गरेको छ। रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सभा गर्ने तयारी कम्पनीको छ ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिका वर्षको लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेका छन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्न लागेको यस कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेको छ । यस आधारमा साधारण सभाको लागि बुक क्लोजको मिति पनि कम्पनीले सोही बमोजिम हुने जानकारी दिएको छ । पुस १६ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS