IME Life New

सानिमा लाइफ इन्स्योरेन्सले चारवटा नयाँ शाखा खोल्यो, ६० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासनको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले चार जिल्लामा शाखा बिस्तार गरेको छ। कम्पनीले कैलालीको टिकापुर, डडेँलधुराको अमरगढी, कन्चनपुरको महेन्द्रनगर तथा कैलालीको धनगढीमा शाखा कार्यालय बिस्तार गरेको जनाएको छ।

आफ्नो व्यवसायिक लक्ष्य प्राप्ती र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले सो क्षेत्रमा शाखा संचालनमा ल्याइएको सानिमा इन्स्योरेन्सले जनाएको छ।

Esewa
Crest

सानिमा लाइफले आफ्नो संजाल देशभर फैलाउने उद्देश्यकासाथ शाखा बिस्तार गरिरहेको हो। अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब भएको कम्पनीको चुक्ती पूँजी १ अर्ब ४० करोड रहेको कम्पनीले जनाएको छ।

कम्पनीले छिट्टै नै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गरी चुक्ता पूँजी २ अर्ब कायम गर्ने योजना रहेको बिज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS