IME Life New

सानिमा लाइफको प्रिमियम खल्तीबाट भुक्तानी गर्दा १ हजार क्यास ब्याक पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्न मिल्ने भएको छ। यस सुविधासँगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक प्राप्त गर्ने अफर पनि खल्तीले ल्याएको छ। लामो लाइन नबसी डिजिटल भुक्तानी गर्न, तुरुन्त भुक्तानी गर्न र समयमै भुक्तानी नगर्दा लाग्ने जरिवानाबाट बच्न तथा ग्राहकहरूलाई प्रोत्साहन गर्न खल्तीले यस सेवा ल्याएको जनाएको छ ।

‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘प्रविधि र प्रगतिको परिवर्तनसँगै, डिजिटलाइजेसनको आवश्यकता द्रुत रुपमा बढिरहेको छ। धेरै बीमा ग्राहकले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन् र भुक्तानी सहजै तिर्न मिलोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो।’

Esewa
Crest

खल्तीबाट प्रिमियम भुक्तानी गर्नका लागि खल्ती एप को होमस्क्रिनमा गई ‘इन्स्योरेन्स ट्याप गर्ने, ‘सानिमा लाइफ इन्स्योरेन्स’ छनौट गर्ने, मागिएको विवरण भरि भुक्तानी गर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS