IME Life New

सानिमा बैंक र युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेश एक्टिभिटिबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेड र युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेश एक्टिभिटिबीच सम्झौता भएको छ । विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दिगो स्तरका कार्यक्रमहरुलाई गति दिने लक्ष्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यससँगै नेपाल भित्र र बाहिरका आर्थिक गतिविधिहरु मार्फत् विभिन्न अवसरहरु सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

Esewa
Crest

पाँच वर्ष अवधिको कार्यक्रम युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेश एक्टिभिटि ले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजी क्षेत्रहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले उच्च गुणस्तर तथा निर्यात उन्मुख गराई रोजगारीका अवसर सिर्जना गर्ने, आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने जस्ता लक्ष्य लिएको छ । यस कार्यक्रमले बजारमाथिको पहुँच वृद्धि गर्न, उत्पादकत्व क्षमता वृद्धि गर्न, रोजगारी सिर्जना गर्नका साथै लगानीमैत्री वातावरण बनाउन बजार प्रतिनिधिहरूलाई प्रोत्साहन गर्ने कार्य गर्नेछ ।

सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले यस सहकार्यले सानिमा बैंकलाई दिगो प्रकृतिका वित्तीय उपकरण र सेवाहरूमा पहुँच बढाउन मद्दत गरी लघु, साना तथा मझौला व्यवसायमा सुदृढ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई अझ बलियो पार्न सक्षम बनाउने जानकारी दिए ।

सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS