IME Life New

सानिमा बैंकले शुरु गर्यो अनलाइन बैंक ग्यारेन्टी सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यस सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेल मार्फत प्राप्त गर्ने छन्। उक्त सूचना प्राप्त गरे पश्चात सम्बन्धितले सक्कल आवेदन सहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ ।

Esewa
Crest

बैंकका अनुसार आवेदनमा कुनै समस्या भएमा, कारणसहित इमेल मार्फत समयमै सूचना पठाइनेछ । यस प्रबिधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्भटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

हालसम्म सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS