IME Life New

सानिमा बैंकमा अनलाइन मार्फत ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टको जानकारी लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ । सानिमा बैंकद्वारा जारी गरिएका Balance Certificate को आधिकारिकता उक्त Balance Certificate मा उल्लेखित QR code स्क्यान गरेर तथा बैंकको आधिकारिक वेवसाइट मार्फत लिन सकिने बैंकले जनाएको छ।

त्यसैगरी, बैंकले Good for Payment Cheque को अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको व्यवस्था गरेको छ । यस अन्तर्गत Good for Payment Cheque को आधिकारिकता बैंकको आधिकारिक वेबसाइट मार्फत लिन सकिने बैंकले जनाएको छ।

Esewa
Crest

यस सुविधाको सुरुवातसँगै नक्कली Balance Certificate  र नक्कली Good for Payment Cheque हरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

हालसम्म बैंकले सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS