IME Life New

सानिमा बैंकको पार्टनरसिप फर कारबोन अकाउन्टिङ फाइनान्सियलसँग साझेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले पार्टनरसिप फर कारबोन अकाउन्टिङ फाइनान्सियल(पिसिएएफ) सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ ।

पिसिएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफुले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो । पिसिएएफमा विश्वभर छ वटा महादेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भैसकेको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तिव्र रुपमा विस्तार भइरहेको छ ।

Esewa
Crest

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको बैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पु¥याउने कुरा बताउनुभयो ।

सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ एटिएमहरु संचालनमा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS