IME Life New

सानिमा बैंकका ग्राहकले फुडमाण्डुको सेवा लिदा क्यासब्याक पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसंग क्यासब्याक अफरको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिवार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

Esewa
Crest

बैंकका अनुसार सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु। २०० सम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम रु ३०० सम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम रु ३०० सम्मको क्यासब्याक पाउन सक्ने छन्।

ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त गर्ने बैंकले उल्लेख गरेको छ।यो योजना २० श्रावण २०८० देखि २० माघ, २०८० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुने बैंकले जनाएको छ।

हालसम्म सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटिएमहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS