IME Life New

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउँदै इसेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले सुरुआती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउटा नयाँ आयम ल्याएको कुरा त सबैलाई अवगत नै छ। हाल केही वर्षयता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरुमा पनि कार्य योगदान पुर्याउँदै आएको इसेवाले सेवा विस्तारका क्रममा अहिले नेपालको ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ।

प्रत्येक नेपालीको हात–हातमा पुगिसकेको इसेवा एउटा व्यक्तिलाई दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेवाको भुक्तानी गर्ने माध्यम बन्नुका साथै इसेवा यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिनप्रतिदिन अझै परिचित नाम बन्दै गइरेहेको छ। बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकारसम्मको टिकट खरिद गर्न सकिने इसेवाले यात्रुहरुको सहजतासँगै पर्यटकीय विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ। प्रयोगकर्ताको आवश्यकताअनुसारका सेवासुविधा विस्तार गरेर जीवन सहज बनाउने क्रममा इसेवा थुप्रै नवीनतम सेवाहरुप्रदान गर्न सधैँ तत्पर रहेको छ र यसै क्रममा इसेवाले प्रदान गर्ने एउटा महत्वपूर्ण सेवा हो इसेवा होटल्स।

Esewa
Crest

इसेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो, जसका माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन्। नेपालको ५४ बढी जिल्लाका प्रमुख सहरहरुमा अवस्थित साना, मझौला तथा ठूला होटलहरुएकैठाउँबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिङका लागि एकदम लोकप्रिय बन्दै गएको छ। सहरी क्षेत्रमा रहेका तारे होटलहरुदेखि लिएर ग्रामीण भेगमा अवस्थित होमस्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिब ३५०० भन्दा बढी होटलहरुरहेका छन्। जुन प्रयोगकर्ताहरुले इसेवा एप वा इसेवा होटल्सको वेबसाइटबाट बिनाझन्झट छिनभरमा बुक गर्न सक्छन्। ग्राहकको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै इसेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि सहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकताअनुसार बुकिङ रद्द गर्न सकिनेसमेत व्यवस्था रहेको छ।

ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरुलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रुपमा सशक्त बनाउन इसेवा होटल्सले यूएसआईडी ट्रेड एन्ड कम्पेटेटिभनेससँग विभिन्न सहकार्य गर्दै आइरहेको छ। यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरुलाई प्राविधिक सहयोगका साथै व्यवसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको छ। यूएसआईडी ट्रेड एन्ड कम्पेटेटिभनेसको सहयोगमा इसेवा होटल्सले ग्रामीण भेगमा रहेका होटल तथा होमस्टेहरुमार्फत दिगो पर्यटनको विकास हुनका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढवा दिँदै आइरहेको छ। आगामी दिनहरुमा पनि यस परियोजनाले पर्यटन, आर्थिक समावेशीकरण र साना तथा मझौला व्यवसायलाई थप प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ।

इसेवा होटल्सका माध्यमबाट इसेवाले प्रयोगकर्ताहरुको सहजता र पर्यटकीय विकासको साथसाथै साना तथा मझौला होटल व्यवसायीको आर्थिक उन्नतिमा समेत योगदान पुर्याउँदै आइरहेको छ। साना तथा मझौला होटल व्यवसायीको हकमा इसेवा होटल्ससँगको साझेदारी देशको बद्लिँदो डिजिटल रुपान्तरणमा समावेश भएको महसुस र व्यावसायिक वृद्धिको एउटा बलियो आधार बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS