IME Life New

साधना लघुवित्तले दियो ७५ जना महिला सदस्यलाई सिपमुलक तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त बित्तीय संस्थाले कानुन तथा असुली स्टेशन सुनवल अन्तर्गतका ३ वटा शाखा कार्यालयका महिला सदस्यहरुलाई आयआर्जन मुलक बिभिन्न सिप मुलक तालिम प्रदान गरेको छ । यस संस्थाको सदस्यता लिई बित्तीय कारोबार गर्दै आएका सदस्यहरुलाई उद्यमशिल बनाउने उदेश्यले यस किसीमको कार्यक्रम आयोजना गरेको हो ।

यस स्टेशन अन्तर्गतको शाखा कार्यालय मंगलापुर रुपन्देहीले माघ २८ र २९ गते गरि जम्मा २ दिने अचार बनाउने तालीम जम्मा ३० जना सदस्यको उपस्थितीमा तिलोत्तमा न.पा वडा नम्बर १७ मा सम्पन्न गरेको छ भने शाखा कार्यालय सुनवल नवलपरासीले फागुन ३ देखी फागुन ४ जम्मा २ दिने गुडिया बनाउने तालीम आयोेजना गरिएकोमा सदस्यको माग बमोजीम १ दिन थप गरि जम्मा ३ दिने गुडिया बनाउने तालीम प्रगति आमा समुह सुनवलको भवनमा जम्मा २५ जना सदस्यलाई प्रशिक्षक सरस्वति क्षेत्रीले तालीम दिई सम्पन्न गरेको हो ।

Esewa
Crest

त्यस्तै शाखा कार्यालय गोपिगंन्ज नवलपरासीले फागुन ५ गतेको दिन १ दिने सरफ साबुन बनाउने तालिम जम्मा २० जना सदस्यको उपस्थितिमा सम्पन्न गरेको छ। यस कार्यक्रमको प्रमुख अतिथीमा यस बित्तीय संस्थाका अनुगमन तथा सुपरिबेक्षण बिभाग प्रमुख बिनोद घिमिरेले यस किसीमको कार्यक्रम आयोजना गर्नुको उदेश्य तथा महत्वको बारेमा प्रस्ट पारे ।

संस्थाले यस किसीमका कार्यक्रम नियमीत गर्दै जाने र यस किसिमका तालीमबाट संस्थामा आबद्ध सदस्यहरुले सिप सिकेर ब्याबसायिक बन्नेमा आसाबादी रहेको यस कानुन तथा असुली स्टेशन सुनवलबा स्टेशन प्रमुख उत्तम वावु श्रेष्ठले बताए ।

कार्यक्रममा शाखा कार्यालय मँगलापुरका शाखा प्रमुख बिशाल जोशी,सुनवल शाखाका शाखा प्रमुख सबिन आचार्य र शाखा कार्यालय गोपिगंन्जका शाखा प्रमुख मुकेश चौधरी तथा कर्मचारी र बिभिन्न स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS