IME Life New

सातदिने प्रविधि मेला आयोजना गर्दै सागर ग्रुप, उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकलाई विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सागर ग्रुपले आगामी माघ २३ गतेदेखि विशेष प्रविधि मेला आयोजना गर्ने भएको छ।

सूचना प्रविधि क्षेत्रमा लगातार तीन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले कलंकीस्थित आफ्नो कर्पोरेट हाउस प्रविधि मेला आयोजना गर्ने भएको हो। तेस्रो संस्करणको यो मेला माघ २९ गतेसम्म सञ्चालन हुनेछ।

Esewa
Crest

‘बलियो एक्सपिरियन्स, टेक्नोलोजी एन्ड लाइफस्टाइल’ नाराका साथ आयोजना हुने यस मेलामा सागर ग्रुपले आफ्ना ग्राहक, बिक्रेता, पत्रकार, शुभेच्छुकलाई भेला पार्दै सूचना प्रविधिका विभिन्न प्रगति, नयाँ उत्पादन र बजारका बारेमा वान टु वान छलफल गर्नेछ।

सागर ग्रुपका भाइस चेयरपर्सन बुद्धलक्ष्मी मानन्धरका अनुसार यस मेलाले ब्रान्ड र ग्राहकबीचको सामीप्यता अझ गहिरो बनाउनेछ। मेलामा विभिन्न ब्रान्डका प्रतिनिधि, सेल्स रिप्रिजेन्टेटिभ र टेक्निसियनहरुले उत्पादन तथा सेवाका बारेमा विस्तृत जानकारी गराउनेछन्। मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माइक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आईडीपी, जेबेक्स, टोटोलिंक, हनिवेल, सीओलगायतका ब्रान्ड रहनेछन्।

मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकले अतिरिक्त छुट तथा सेवासमेत प्राप्त गर्नेछन्। मेलामा ब्रदर तथा कोनिका मिनोल्टाले नयाँ उत्पादनसमेत लन्च गर्दैछन्।

देशभरबाट क्यान इन्फोटेक भ्रमण अवलोकन गर्न आउने आगन्तुकलाई समेत लक्षित गर्दै यो मेला सञ्चालन गर्न लागिएको हो। उनीहरुले पनि मेलामा सागर ग्रुपका विभिन्न ब्रान्ड तथा उत्पादनका बारेमा थप र विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्। मेलाका सहभागीलाई विभिन्न किसिमका टे«निङसमेत प्रदान गरिनेछ।

सात दिनसम्म चल्ने मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। यो मेला अवलोकन गर्ने आगन्तुकलाई हाईटी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै सहभागीमध्येबाट एकजनालाई लक्की ड्रका माध्यमबाट एक्स ल्याब ल्यापटप उपहार प्रदान गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS