IME Life New

साढे २९ अर्बको विद्युतीय गाडी आयात, १३.६ अर्ब राजस्व संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०।८१ मा करिब १२ हजार विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागका अनुसार गत आवमा ११ हजार ७०० वटा विद्युतीय गाडी आयात भएका हुन्। जुन हालसम्मकै उच्च हो।

गत आवमा २९ अर्ब ४७ करोड ४३ हजार रुपैयाँबराबरका चारपांग्रे विद्युत गाडी (कार, भ्यान, जिप) आयात भएका छन्। यी गाडी आयात गर्दा सरकारले १३ अर्ब ६० करोड ७३ लाख रुपैयाँबराबर राजस्व संकलन गरेको छ।

Esewa
Crest

विभागका अनुसार गत आवमा ५० किलोवाटसम्म क्षमताका ४ हजार ५७१ वटा विद्युतीय गाडी आयात भएका छन्। त्यस्तै ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका २१७ वटा र २०१ देखि ३०० किलोवाटसम्मका २७ वटा विद्युतीय गाडी आयात भएका छन्।

आयात भएका अधिकांश विद्युतीय सवारी चीन र भारततर्फबाट आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS