IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,०१,०६,६९,६६२ को ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम १,३५,२२,२१३.४० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै आ.व. ०७८/७९ को वित्तीय विवरण पारित गरी १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोही साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् । जसमध्ये, उज्जवल सत्याल  संस्थापक समूह, सुशिल काजी बानियाँ संस्थापक समूह, गंगा सागर ढकाल  सर्वसाधारण समूह, लिसा शेरचन  सर्वसाधारण समूह, सुजन सिद्धि बज्राचार्य संस्थापक समूह र नरेश ढुंङगाना  सर्वसाधारण समूहबाट निर्वाचित भएका हुन् ।

Esewa
Crest

बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS