IME Life New

सांग्रिला डेभलपमेन्टद्धारा ‘सांग्रिला कस्टुमर केयर’ इकाइ संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभेलपमेन्ट बैंक लि. ले कल सेन्टरको रुपमा ‘सांग्रिला कस्टुमर केयर’ इकाइको शुरुवात गरेको छ । कल सेन्टरको रुपमा स्थापित यस सांग्रिला कस्टुमर केयरबाट प्रवाह हुने सेवाले ग्राहक महानुभावहरुका विभिन्न जिज्ञासाहरु सहज तरिकाले समाधान हुने बैंकले विश्वास लिएको छ ।

सांग्रिला कस्टुमर केयर इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरुको जिज्ञासा, ग्राहलाई पर्न गएको असुविधा र द्धिविधाहरु तथा विभिन्न किसिमका प्रश्नहरुको समाधान गर्नु रहेको बैंकले जनाएको छ । यस सम्वन्धि कार्यको लागि तोकिएको फोन नं मार्फत बैंकको सांग्रिला कस्टुमर केयरमा सम्पर्क राखी सहज तरिकाले आफ्ना बैंक सेवासंग सम्वन्धित समस्याहरु समाधान गर्न सक्नेछन् । ग्राहक तथा सम्वन्धित व्यक्तिहरुले बैंकको विदाको दिन बाहेक यस सम्वन्धि सेवा आइतवार देखि विहिवार विहान ९ः ३० देखि वेलुका ५ : ३० सम्म र शुक्रबार ९ः ३० देखि दिउँसो ३ : ३० सम्म लिन सक्नेछन् ।

Esewa
Crest

तोकिएको फोन मार्फत सांग्रिला कस्टुमर केयरमा सम्पर्क राखी बैंकको बचत तथा मुद्दति खाताका व्याज दर,एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमा देखिएका विभिन्न समस्याहरुका समाधान उपयाहरु, बैंकको हरेक सन्ध्याकालिन तथा विदाका दिन बैंक खोल्ने समय तालिका, बैंकको शाखा कार्यालय भएका स्थान र सम्पर्क नं, कर्जा तथा निक्षेप सम्वन्धि जानकारी लगायतका आफ्ना जिज्ञासाहरु यस सेवा मार्फत प्राप्त गर्न सकिनेछ ।

यस इकाइको शुरुवात भए प्रश्चात ग्राहक माहानुभावहरुले घर आँगनमै बसी फोन मार्फत नै बैंक सम्वन्धित हरेक जिज्ञासा सजिलो संग प्राप्त गर्न सकिने भएकाले यस बाट धेरै ग्राहकहरुले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यदि ग्राहकको फोन कल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामा समेत यस सांग्रिला कस्टुमर केयर इकाइका कर्मचारीहरुले पुन ग्राहकवर्गलाई कल व्याक गरी उनीहरुको समास्या बारेमा जानकारी लिई समस्याको समाधान गर्दै आइरहेको बैंकले जनाएको छ । यदि कुनै समस्या सांग्रिला कस्टुमर केयर इकाइबाट समाधान हुन नसकेको खण्डमा सम्वन्धित विभागहरु द्वारा सम्वन्धित ग्राहकवर्गलाई सम्पर्क राखी उक्त समस्याको समाधान गरिदिने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ । दैनिक रुपमा सयौंको संख्यामा यस सांग्रिला कस्टुमर केयरमा आएका कलहरुको प्रतिक्रिया, सोधपुछ र जिज्ञासाहरुलाई पूर्ण रुपले समाधान गर्दै आएको छ ।

बैंकको नेपालभरमा जुनसुकै शाखा कार्यालय मार्फत सेवा लिएका ग्राहकहरुले केन्द्रमा रहेको यस सांग्रिला कस्टुमर केयर मार्फत आफ्नो जिज्ञासाहरुको छिटो र सजिलो माध्यमबाट समाधान गर्न सक्नेछन् । तसर्थ यस सम्वन्धि सेवाले आगामी दिनहरुमा यस सांग्रिला कस्टुमर केयरले ग्राहक तथा सरोकारवालाहरुलाई थप लाभान्वित गराउने कुरामा बैंकले विश्वास लिएको छ । यस सांग्रिला कस्टुमर केयरबाट हुने सेवाको निश्चित समयावधिलाई परिमार्जन गरी भविष्यमा सेवा प्रदान गरिने समयावधी खुल्ला गरी ग्राहकलाई उपयुक्त हुने समयमा सेवा दिने तरिकाले सेवा विस्तार गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS