IME Life New

सस्तिँदै टाटाका दुई प्रिमियम एसयूभीको भाउ, २२%ले घट्न सक्छ मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जगुआर ल्यान्ड रोभर (जीएलआर)ले आफ्नो रेन्ज रोभर र रेन्ज रोभर स्पोर्ट्सको उत्पादन भारतमा सुरु गर्नेछ। ५४ वर्ष लामो इतिहासमा पहिलोपटक यी प्रतिष्ठित मोडेल बेलायतबाहिर उत्पादन गरिनेछ।

जीएलआर टाटा मोटर्सको स्वामित्वमा छ। हालसम्म यी दुवै मोडल बेलायतको जगुआर ल्यान्ड रोभरको सोलिहुल प्लान्टमा मात्र उत्पादन भएका छन् र त्यहाँबाट भारतलगायत विश्वका करिब १२१ बजारमा निर्यात गरिन्छ। स्थानीय उत्पादनसँगै दुवै मोडलको मूल्य १८–२२ प्रतिशतले घट्ने निश्चित छ।

Esewa
Crest

टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले १५ वर्षअघि टाटा परिवारमा जीएलआर ब्रान्ड ल्याएकोमा टाटा सन्सका अध्यक्ष एमेरिटस रतन टाटाको प्रशंसा गरे। उनले भने, ‘रेन्ज रोभर यहीँ भारतमै उत्पादन हुनेछ, यो ठूलो अनुभूति हो। यो एक धेरै विशेष क्षण हो र म यसमा गर्व महसुस गर्छु।’

यस कदमबाट कम्पनीले आगामी दिनमा देशमा बिक्री बढाउने चन्द्रशेखरनको भनाइ छ। उनले भने, ‘अझै धेरै बिक्री हुनेछ, मलाई विश्वास छ आगामी यात्रा उत्कृष्ट हुनेछ।’ भारतको उत्पादनले कम्पनीको यो बजारमा कत्तिको विश्वास छ भन्ने संकेत गरेको उनले बताए।

जेएलआर इन्डियाका प्रबन्ध निर्देशक राजन अम्बाले स्थानीय उत्पादन कम्पनीका लागि दुवै मोडललाई भारतका ग्राहकको फराकिलो वर्गको पहुँचमा सहज बनाउन ठूलो कदम भएको बताए। कम्पनीको इतिहासमा पहिलोपटक रेन्ज रोभर र रेन्ज रोभर स्पोर्ट अब भारतमा उत्पादन हुने अम्बाले बताए। ‘यो हाम्रा लागि ठूलो घोषणा हो किनकि यी हाम्रा प्रमुख सवारीसाधन हुन् र तिनीहरुको ५४ वर्षको इतिहासमा सोलिहुलमा विशेष रुपमा उत्पादन गरिएका छन्।’

वित्त वर्ष २०२३।२४ मा भारतमा जेएलआर इन्डियाको खुद्रा बिक्री ८१ प्रतिशतको वृद्धिका साथ ४ हजार ४३६ युनिट थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

13%
sad

दु :खी

13%
amazed

अचम्मित

38%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS