IME Life New

सर्लाहीको हरिपूर्वामा शाखा विस्तार गर्ने पहिलो कम्पनी बन्यो एसियन लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले उपशाखा विस्तार गरेको छ। हरिपूर्वामा शाखा विस्तार गर्ने एसियन लाइफ पहिलो बीमा कम्पनी बनेको छ।

एसियन लाइफको हरिपूर्वा उपशाखा कार्यालयको सोमबार मेयर विनोदकुमार साहले उद्घाटन गरेका छन्। कम्पनीले बीमितलाई सहज रुपमा जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले यो उपशाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

Esewa
Crest

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर साहले हरिपूर्वा नगर क्षेत्रमा पहिलो बीमा कम्पनीका रुपमा एसियन लाइफको उपशाखा कार्यालयको स्थापनाले नगर र आसपासको क्षेत्रका सर्वसाधारणलाई जीवन बीमा सेवा उपलब्ध गराउन सहज हुने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा कम्पनीको मधेश प्रदेश प्रमुख रामरुप सहनी, हरिऔन शाखा प्रबन्धक सरोज केसी र हरिपूर्वा उपशाखा प्रमुख मुकेशकुमार यादवका साथै स्थानीय अभिकर्ता तथा बीमितको समेत उपस्थिति थियो।

बीमितले यो उपशाखा कार्यालयबाट जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने उपशाखा प्रमुख यादवले जानकारी दिए । सर्लाही जिल्लामा एसियन लाइफ इन्स्योरेन्सको हरिऔन शाखा कार्यालयपछिको यो दोस्रो कार्यालय हो । एसियन लाइफले मधेश प्रदेशमा कुल १४ वटा शाखा कार्यालयमार्फत बीमित तथा अभिकर्तालाई सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS