IME Life New

सर्बाधिक धेरै चुक्ता पुंजीको जिबन बीमा कम्पनी: नेपाल लाइफ इन्स्योरेन्स, कसरी अरु भन्दा फरक छ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ । बिमा समितिले जिबन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्ता पुंजीलाई हेर्दा यो चुक्ता पुँजीभन्दा यो दोब्बरभन्दा बढी रहेको कम्पनीले जनाएको छ। बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले जीवन बिमा कम्पनीलाई दुई अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

करिब १८ वर्ष अगाडी स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारको अग्रणी जिबन बीमा कम्पनी बन्न सफल भएको छ। कम्पनीले देशभर एक सय २५ भन्दा बढी शाखा र उपशाखा खोली सेवा दिइरहेको छ । कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चारपटक ‘बेस्ट म्यानेजमेन्ट जिबन बीमा कम्पनीको अवार्ड’ पाएको छ।

Esewa
Crest

नेपालको ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको अठार वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ र यसै कारण कम्पनीको स्थान अत्यन्तै सवल रहन पुगेको छ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत अवार्ड जित्न सफल भएको नेपाल लाइफ इन्स्योरेन्सले विश्वव्यापी परामर्शदाता कम्पनी फ्रस्ट एन्ड सुलिभान द्वारा प्रदान गरिने ‘बेस्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्स्टिच्युसन अफ द इयर–इन्स्योरेन्स कम्पनी’ पनि पाएको थियो ।

कम्पनीले आफ्ना बिमितहरुलाई ६५ देखि ८२ रुपैयाँसम्म (प्रतिहजारमा) बोनस दिइने जनाएको छ । जुन बोनस दर नेपालको जिबन बीमा क्षेत्रमा सबैभन्दा बढी बोनस दर अन्तर्गत पर्छ । नेपालको बिमा बजारको एक तिहाइ (करिब ३५ प्रतिशत) हिस्सा ओगटेको यो कम्पनीको अधिकृत पुँजी आठ अर्ब रहेको छ।

पुँजी तथा बजारको हिसाबले नेपालमै पहिलो र ठूलो बिमा कम्पनीको रूपमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले ५७ अर्ब रुपैयाँ लगानी गरेको छ । यसको जीवन बिमा कोष ५० अर्ब रुपैयाँको छ । हालसम्म स्वदेश र विदेश गरी झन्डै २४ लाख व्यक्तिले यस कम्पनीका बिमा गराएएको कम्पनीले जनाएको छ ।

किन नेपाल लाइफ इन्स्योरेन्स अरु भन्दा फरक छ?
अरु कम्पनीहरुले जे जसरी जीवन बीमा व्यवसायमा काम गरिरहेका छन् सोही अनुरुप नेपाल लाइफ इस्योरेन्सले पनि जीवन बीमा योजनाहरु विक्री गरी व्यवसाय गरि रहेको छ । तथापी नेपाल लाइफ इन्सोरेन्स कम्पनीको आफ्नै भिन्न पहीचान एवं उद्देश्य राखी कार्य गर्दै आइरहेको छ ।

कम्पनीले समय सापेक्ष भई जीवन बीमाको महत्व वारे प्रत्येक घर-घर एवं देश भरी नै जानकारी दिंदै देशलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यका साथ काम गर्दै आई रहेको जनाएको छ । यसका साथै कम्पनीले देश भरिनै शाखाको विस्तार गरि अभिकर्ताहरुलाई उचित तालिम एवं परामर्श दिई बीमा बजार व्यवसायमा आफनो महत्व राख्न सफल भएको छ।

कम्पनीले विश्व बजारको ख्यातीप्राप्त, जर्मनीको पुर्नबीमा कम्पनी ‘ह्यानओभर रि-इन्स्यूरेन्स कम्पनी’ सँग पूर्नबीमा गरेको छ। जीवन बीमा एक सेवा प्रदायक उद्योग भएकाले अन्तराष्ट्रिय गुणास्तरको सेवा प्रदान गर्न कम्पनी कटिवद्घ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS