IME Life New

समृद्धि फाइनान्सले पायो राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सलेनेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक द्वारा निस्काशित बचतपत्र र नागरिक बचतपत्रको प्राथमिकतथा दोश्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोश्रो बजार कारोबार “बजार निर्माता सम्बन्धी कार्यविधि, २०७० (दोश्रो संशोधन २०७६ बमोजिम)”गर्ने गरि समृद्धि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले इजाजत प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकलेलामो अवधिका ऋणपत्रहरुको प्राथमिक एवम् दोस्रो बजार कारोबारलाई प्रवद्र्धन गर्ने तथा व्यवस्थित बनाउने उद्देश्यले वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्थाहरुलाई हाल निष्काशन हुने तथाभइरहेका राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार मात्र गर्ने एवम् भविष्यमा नेपाल सरकारको तर्फबाट निष्काशन हुने अन्य ऋणपत्रको समेत प्राथमिकतथा दोस्रो बजार कारोबार “बजार निर्माता सम्बन्धी कार्यविधि, २०७० (दोश्रो संशोधन २०७६ बमोजिम) ”वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त संस्थाहरुलाइ इजाजत प्रदान गर्ने प्रावधान रहेकोले सोहि बमिजिम समृद्धि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले इजाजत प्रदान गरेको हो ।

Esewa
Crest

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजनापनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जालविस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS