IME Life New

समृद्धि फाइनान्सको खरेन्द्रपुरमा तेह्रौं शाखा उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कपिलवस्तुको खरेन्द्रपुरमा तेह्रौं शाखा कार्यालयको उद्घाटन गरेको छ । शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाईनान्सका संचालक बिनोद कुमार सुबेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

फाईनान्सको प्रमुख संचालन अधिकृत चूडामणि खनालले कार्यक्रमको सञ्चालन गरेका थिए । संञ्चालक बिनोद कुमार सुबेदीको कार्यक्रमको सभापतित्व गरेका थिए भने प्रमुख अतिथिको रुपमा नगरपालिकाका मेयर थिए ।

Esewa
Crest

कार्यक्रममा मेयर अजय थापाले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ्कारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अब सो समस्याबाट यहाँका वासिन्दाले मुक्ती पाई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरेका थिए ।

संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य दिएका थिए । चन्दौटा उध्योग बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, शिवराज नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटा र  वडा नं. ४ का वडा अध्यक्ष नसिम अहमद खाँ  लगायतले खरेन्द्रपुर क्षेत्रमा बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै यस ठाउँमा रहेको जनता अधिकांश कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ् सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सोमा थप सहजीकरण गरी साक्षारताको बिकास गर्दै बैंकिङ दायरमा ल्याई बैंकिङ सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिएका थिए ।

अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम बैंकले आफ्ना सेवाहरुलाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गरेका थिए

उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल तेह्र वटा पुगेको छ । संस्थाले अर्को बर्ष  थप शाखाहरु पनि उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS